Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिमको अन्तिम नामावली घोषणा भएको छ । जसमा अर्जेन्टिनाका अनुभवी खेलाडीले सहज रुपमा स्थान बनाएका छन् ।

विश्वकपका लागि छनोट गरिएको अन्तिम नामावलीमा अर्जेन्टिनाका लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनलगायत २३ खेलाडि समावेश छन्  । तर सिरी ए मा इन्टर मिलानबाट खेल्दा सर्वाधिक गोल गरेका खेलाडी मउरो इकार्डीलाई भने टिममा राखिएको छैन ।

अर्जेन्टिनाबाट प्रिमियर लिग खेल्ने अगुइरोसँग अरु पाँच खेलाडीले विश्वकपमा स्थान बनाएका छन् । जसमा सिटीका निकोलस ओटामेन्डी, वेष्ट ह्यामका मानुयल लान्जिनी, म्यान युका सर्जियो रोमेरीयो र मार्कोस रोहो, तथा चेल्सीका विली काबालेरो रहेका छन् ।

अर्जेन्टिनाले यसपटकको विश्वकपको पहिलो खेलमा आइस्ल्याण्डसँग खेल्नेछ । समुह डी मा रहेको अर्जेन्टिनाको दोस्रो भिडन्त क्रोयसियासँग र त्यसपछि नाइजेरियासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया