Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

बेंग्लोर – इन्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा गएराति रोयल च्यालेन्जर्स बेंग्लोरले सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर २१८ रन बनायो । उसका लागि एबी डे भिलायर्सले ६९ रन तथा मोइन अलीले ६५ रन जोडे ।

जवाफमा २१९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०४ रनमात्रै जोड्न सक्यो । हैदरावादका केन विलियम्सनले ८१ रन तथा मनिस पाण्डेले ६५ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

गएरातिको जितपछि आईपिएल अंक तालिकामा बेंग्लोरले १३ खेलबाट १२ अंक जोडेको छ । १८ अंक जोडेको हैदरावाद र १६ अंक जोडेको चेन्नाई प्ले अफमा पुगिसकेका छन् ।

तेस्रो स्थानको कोलकाता नाईट राईडर्सको १४ अंक छ भने मुम्बई इन्डियन्स, बैंग्लोर, राजस्थान रोयल्स र किङ्स ईलेभेन पञ्जावको समान १२/१२ अंक छ ।

पुछारमा रहेको दिल्ली डेयरडेभिल्सको भने ६ अंकमात्रै छ ।

आईपिएल क्रिकेटमा आज दिल्लीले चेन्नाईसँग खेल्दैछ ।

तपाईको प्रतिक्रिया