Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले हात पारेको छ ।

गएराति भएको खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो । यसअघि एथलेटिको सन् २०१० र २०१२ मा च्याम्पियन बनेको थियो ।

लियोनमा भएको फाइनलमा एथलेटिकोका एन्टोनी ग्रिजमनले दुई गोल गरे । खेलको २१ औं मिनेटमा गावीको पासमा गोल गर्दै एन्टोनीले एथलेटिकोलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एथलेटिकोले ४९औं मिनेटमा दोस्रो गोल गर्‍यो । यस पटक कोकेको पासमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गरे ।

८९औं मिनेटमा कोकेको पासमा गावीले गोल गरेपछि एथलेटिको मड्रिड च्याम्पियन बन्यो ।

तपाईको प्रतिक्रिया