Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  चितवनमा हिजो साँझ आएको हावाहुरी र असिनाले करिब १५ विगाह क्षेत्रफलमा लगाइएको केरा खेतीमा ठूलो क्षती पुगेको छ ।

क्षतीको यकिन विवरण आइनसकेपनि केरा खेतीमा भएको यो नोक्सानी अहिलेसम्मकै ठुलो भएको हुनसक्ने केरा व्यवसायीहरुले दाबी गरेका छन् ।   चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले पुर्वी चितवनको पदमपुर, जुटपानी, पिठवा चैनपुर क्षेत्रमा १५ सय विघामा लगाइएको अधिकांश बोटहरु हावाहुरीले लडाएकाले ठूलो क्षती भएको हुनसक्ने बताउनुभयो ।

अध्यक्ष पन्तले भन्नुभयो, ‘पुर्वी चितवनको पदमपुर, जुटपानी, पिठवा चैनपुर क्षेत्रमा १५ सय विघामा केरा खेती छ । हिजो आइतबार साँझ आएको हावाहुरीले धेरै नै बोटहरु लडाएको छ ।

नलडेका बोटको पात र फल असिनाले चुटेर पुरै नोक्सान भएको छ ।’    किसानहरुले टिपाएको विवरण अनुसार १० करोड रुपैयाँ बढीको क्षती भएको हुनसक्ने पन्तले बताउनुभयो ।

पन्तले भन्नुभयो, ‘विवरणहरु संकलन भइरहेका छन् । त्यसैका आधारमा नोक्सान धेरै नै भएको सहजै अनुमान लगाउन सकिन्छ । आएका विवरण अनुसार पनि १० करोड रुपैयाँका हाराहारीमा क्षति भएको छ ।’    यसअघि गत साता मात्रै जुटपानीमा एक समुहले केराका ३१ सय बोट काटेर सखाप पारेका थिए ।

तपाईको प्रतिक्रिया