Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  नेपालमा विनारोग मुख पोल्ने समस्या भएका मानिसको संख्या दिनप्रतिदिन बढ्दो छ । काम नगरी बस्दा पनि मुख पोलिरहने समस्याका कारण धेरै मानिस चिन्तित बन्छन् । सुरुवाती अवस्थामा असन्तुलित खानाका कारण यस्तो समस्या भएको होला भन्ने धेरैमा भ्रम हुन्छ । तर, बिस्तारै यसले गम्भीर रूप लिन थालेपछि अतालिने गर्छन् । यी हुन् कारण :

लक्षण
– विशेषगरी जिब्रोको टुप्पो, छेउ, मुख र गालाको भित्री भाग बढी पोल्ने हुन्छ ।

– कुनै रोगका कारण यस्तो समस्या भएमा खाँदा, बस्दा, बोल्दा वा जुनसुकै काम गर्दा पनि निरन्तर मुख पोल्ने समस्याले दुःख दिइरहन्छ । तर, विशुद्ध मुख पोल्ने समस्याले भने एक्लै बस्दा मात्र मुख पोल्ने र गिजा परपर हुन्छ । यस्तो समस्यामा कसैसँग कुरा गर्दा मुख पोल्न छाड्ने, तर शान्त रहँदा पुनः मुख पोल्ने समस्या हुन्छ ।

– यस्तो पोलाइ पनि विभिन्न प्रकृतिका हुन्छन् । कसैलाई बिहान उठ्नेबित्तिकै पोल्ने गर्छ भने कसैकसैलाई दिनभर दुःख दिन्छ । कसैलाई भने राति सुतेपछि अत्यधिक दुःख दिने गर्छ ।

– यस्तो समस्या भएमा मानिसको मुख परीक्षण गर्दा पनि त्यस्तो कुनै गम्भीर समस्या देखिँदैन । तर, यसरी अरूसँग बोल्दा नपोल्ने तर शान्त रहँदा दुःख दिने समस्यालाई ‘बर्निङ माउथ सिन्ड्रम’ भनिन्छ ।

– यस्तो समस्या पुरुषमा भन्दा महिलामा बढी देखिने गरेको छ । खासगरी, ५० वर्षभन्दा माथि उमेरसमूहका मानिसलाई यस्तो रोगले सताउने गर्छ ।

कारण

– बढी तनाव लिँदा पनि यसरी मुख पोल्ने समस्या निम्तिन सक्छ । चिकित्सकहरूले यसको मुख्य कारण नै तनाव बताएका छन् । मानिसमा कुनै न कुनै मात्रामा तनाव त हुन्छ नै । तर, आवश्यकताभन्दा बढी तनाव लिने बानीले यस्तो समस्याबाट ग्रसित हुनुपर्छ ।

– त्यसैले तनाव लिनुभन्दा पनि कुनै न कुनै काममा व्यस्त रहँदा यस्तो समस्याबाट मुक्त हुन सकिन्छ ।

– क्यान्सरका कारण मुख पोल्ने धेरैको आकलन हुन्छ । तर, त्यसमा सत्यता नहुन पनि सक्छ । यद्यपि, यस्तो समस्याको लामो समयसम्म उपचार नगरेमा भने मानसिक रोग पनि निम्तिन सक्छ ।

कसरी हुन्छ उपचार ?

– यस्तो लक्षण देखिएमा तत्काल चिकित्सककहाँ गई परामर्श गर्न जरुरी हुन्छ । तर, कतिपयले यसको त्यति धेरै वास्ता गर्दैनन् । यस्तो लक्षण देखिएमा ओरल फिजिसियनको सम्पर्कमा जान जरुरी हुन्छ ।

– कहिलेकाहीँ अन्य रोगका कारण पनि यस्तो समस्या हुन सक्छ । त्यसको स्वास्थ्य परीक्षणको जरुरी हुन्छ ।

– मुख पोल्ने मात्र समस्या हो भने पहिलो चरणमा मुख कुल्ला गर्ने औषधि उपलब्ध गराइन्छ । यसले केही समय राहत प्रदान गर्ने भए तापनि दीर्घकालीन समाधान भने होइन ।

दीर्घकालीन उपचारका लागि भिटामिन उपलब्ध गराइन्छ । एन्टिडिप्रेसनका औषधि दिइन्छ । एक महिनाको औषधिपछि यो कम हुँदै जान्छ । यस्तो समस्या निको हुन केही समय भने लाग्छ ।

तपाईको प्रतिक्रिया