Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  गर्मी मौसममा बालबालिकालाई विभिन्न मौसमी समस्याले आक्रमण गर्ने डर हुन्छ । त्यसैले अभिभावकले बालबालिकाको स्याहारमा उचित ख्याल राख्न जरुरी हुन्छ । विशेषगरी गर्मी मौसममा एक वर्षभन्दा कम उमेरका बालबालिकालाई रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । त्यसैले खानपान र सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्मीमा यस्ता रोग
गर्मीमा मौसममा प्रदूषित खाना, पानी र कीटाणुका कारण बालबालिकामा झाडापखाला, हैजा, फुड प्वाइजनिङ, डेंगु, भाइरल हेपाटाइटिस, भाइरल फिभर, इन्फ्लुएन्जालगायतका रोग लाग्ने गर्छ । हेपाटाइटिस ए, टाइफाइड पनि गर्मीमा हुने प्रमुख समस्या नै हुन् ।

उसो त जुनसुकै समयमा बालबालिकाको स्याहारमा ध्यान दिन जरुरी हुन्छ । किनकि, सबै मौसममा बालबालिकालाई रोगले आक्रमण गर्न सक्छ । यस्तो मौसममा पाँच वर्ष उमेरसम्मका बालबालिका
जोखिममा हुन्छन् ।

फोहोर छोएर हात नधोई खाना खाएमा पेटमा कीटाणु प्रवेश गर्छ । वातावरण फोहोर भएको अवस्थामा झिंगाका माध्यमबाट पनि यस्ता कीटाणु मानिसको शरीरमा प्रवेश गर्छ । र, विभिन्न भाइरसले दुःख दिने गर्छ ।

शिशुलाई स्तनपान अनिवार्य
६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई आमाको दूध र अन्य पौष्टिक खानेकुरा खुवाउनुपर्छ । शिशु जन्मेको ६ महिनासम्म भने अनिवार्य रूपमा स्तनपान गराउनुपर्छ । आमाको दूध शिशुको शारीरिक एवं मानसिक वृद्धि र विकासका लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरूले भरिपूर्ण हुन्छ । शिशुले चाहेको वेला आमाले अनिवार्य रूपमा स्तनपान गराउनैपर्छ ।

गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बन्न थालेको हुन्छ । दूध शिशुका लागि अमृतसमान हुन्छ । बच्चा जन्मेपछिको सबैभन्दा पहिले आउने बिगौती दूध पनि शिशुलाई खुवाउनुपर्छ । यसले बच्चाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम गर्छ ।

नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन । यस्तो शक्ति शिशुले आमाको दूधबाट प्राप्त गर्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जसले बच्चालाई आइरन प्रदान गर्छ । यस्तो तत्वले शिशुको शरीरमा कीटाणु प्रवेश गर्नबाट जोगाउँछ । यस्ता तत्वले आमाको दूधदेखि आएका साधारण जीवाणुबाट उत्पन्न हुने रोगबाट पनि प्रतिरक्षा गर्ने काम गर्छ ।

आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन् । वातावरणदेखि आमाको शरीरमा पुगेको रोगाणु बच्चामा पनि सर्ने गर्छ । त्यस्ता कीटाणुबाट पनि आमाको दुधले शिशुलाई बचाउने काम गर्छ ।

गर्मी मौसममा बालबालिकालाई रोग लाग्न नदिनु नै उत्तम उपाय हो । किनभने, रोग लागेपछि उपचार गराउँदा बालबालिकाको स्वास्थ्य कमजोर पनि हुन सक्छ ।

तपाईको प्रतिक्रिया