Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  रातमा मोस्चराइजर

सुत्नुअघि स्किन मोस्चराइज गर्न पनि आवश्यक हुन्छ । यस्तो गतिविधिले छाला स्वस्थ रहनुका साथै बढी उमेरमा पनि जवान देखिन सहयोग पुग्छ । दिनमा त प्रायले छाला मोस्चराइज गर्छन् तर रातमा पनि मोस्चराइज गर्दा छाला हाइड्रेट रहनुका साथै फ्रेस लुक्स दिन सहयोग पुग्छ ।

काँक्राको फेसप्याक

काँक्राले छालामा एस्ट्रिजेन्टको काम गर्छ । यसले छालालाई टाइट बनाउनुका साथै हाइड्रेट पनि राख्छ । काँक्रामा भिटामिन र एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । जसले छालालाई सफा गरी जवान देखाउन मद्दत पु-याउँछ ।

बढी सफा गर्दा

छालालाई आवश्यकताभन्दा बढी पानीले सफा गर्दा यसको चिल्लोपनमा ह्रास आउन थाल्छ । जसका कारण छोटो समयमै छाला चाउरी पर्नेलगायतका समस्या निम्तिने गर्छ । यसले छालाको कोमलतामा पनि असर पु-याउँछ ।

मेकअप नहटाउँदा

रातमा सुत्नुअघि मेकअम नहटाउने बानीले पनि छालासम्बन्धी ठूलो समस्या निम्तिने गर्छ । यसले छालाको मोस्चरमै क्षति पुग्न जान्छ । जसका कारण छोटो समयमै छाला चाउरिने समस्या हुन्छ । यसरी अनुहार सफा नगर्दा यसका पोर्स बन्द हुन्छन् र छालासम्बन्धी विभिन्न समस्या देखिने गर्छन् ।

पोषणको अभाव

अनुहार वा छालालाई स्वस्थ राख्न पोषण तत्वको पनि आवश्यकता हुन्छ । पोषण तत्वको कमीले छोटो समयमै छाला चाउरिने र बूढोपनको समस्या हुन्छ । त्यसैले अनुहारका लागि पनि भिटामिन, मिनरल्स, फ्याटी एसिड र एन्टिअक्सिडेन्टको सेवन गर्न आवश्यक हुन्छ । यस्ता तत्वले छालालाई हाइड्रेट राख्ने काम गर्छ ।

गलत क्लिन्जरको प्रयोग

रुखो र संवेदनशील छाला भएका मानिसले उपयुक्त क्लिन्जरको प्रयोग नगर्दा पनि समस्या देखिन्छ । त्यसैले क्लिन्जरको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ । गलत क्लिन्जरले छालाको नेचुरल आयललाई क्षति पु-याउने काम गर्छ । त्यसैले छोटो समयमै छालालाई बूढो बनाउने गर्छ ।

तपाईको प्रतिक्रिया