Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  साधारणतया महिनावारी पर सार्नका लागि महिला औषधीको सेवन गर्ने गर्दछन् । तर यस्ता औषधीका केही साइडइफेक्ट पनि छन् । यसबाट बच्नका लागि प्राकृतिक तरिका अपनाएर महिनावारी पर सार्न सक्नुहुन्छ । नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, जयपुरका डा. सी आर यादवका अनुसार यी खानेकुरा महिनावारी हुनुभन्दा सातदिन अघिदेखि खाए महिनावारी पर सर्छ ।

ज्वानोको पातः

ज्वानोको पाललाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो बनाउनुहोस् र महमा मिसाएर पिउँदा महिनावारी पर सर्छ ।

अमलाको पाउडर वा रसः

अमलाको पाउडर वा रस पिउँदा महिनावरी ढिला हुन्छ । साथै महिनावारीमा हुने पीडाबाट पनि राहत पाइने गर्दछ ।

चामलको पानीः

दिनमा तीनपटक चामलको पानी पिउँदा महिनावारी ढिला हुन्छ ।

अनारको बोक्राः

 अनारको बोक्रालाई सुकाएर पिस्नुहोस् । एक चम्चा पाउडरलाई पानीसँग मिसाएर बिहान बेलुका पिउँदा महिनावारी ढिला हुन्छ ।

भेनेगरः

एक ग्लास पानीमा तीन चम्चा भेनेगर हालेर दिनमा तीन–चार पटक पिउँदा महिनावारीको मिति सर्ने गर्दछ ।

दैनिक पर्बलको तरकारी खाँदाः

दैनिक पर्बलको तरकारी खाँदा पनि महिनावारी पर सर्ने गर्दछ ।

चनाको दालको पाउडरः

चनाको दालको पाउडरलाई पानीमा मिसाएर पिउँदा महिनावारी ढिला हुन्छ । यसलाई बिहान खालीपेट पिउँदा अझै फाइदाजनक हुन्छ ।

पुदिनाको रसः

दिनमा दुईपटक पुदिनाको रस पिउँदा महिनावारी ढिला हुन्छ ।

तपाईको प्रतिक्रिया