Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं  – शुक्रबार नेपाली सिनेमा घरहरुमा बहुप्रतिक्षित घरेलु चलचित्र ‘शत्रुगते’सँगै बलिउड चलचित्र ‘हिच्की’ प्रदर्शनमा आएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रायः जसो बलिउड चलचित्रले नेपाली चलचित्रलाई सिनेमा हलमा चुनौती दिने गरेका थिए । तर यो साता घरेलु चलचित्र ‘शत्रुगते’ले बलिउड चलचित्र ‘हिच्की’लाई चुनौती दिने चलचित्र विश्लेशकहरुको भनाई छ ।

घरेलु चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । चलचित्रले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । यससँगै चलचित्रले राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ ।

केही दिन अघि चलचित्रको अग्रिम बुकिङ खुलेपछि बिहीबार नै काठमाडौंका हलहरु हाउसफूल भएका थिए । चलचित्र प्रदर्शन अघि नै चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत युट्यूवमा १ करोड ३६ लाख ८३ हजार भन्दा बढी पटक हेरिएको छ ।

मह सञ्चारको ब्यानरमा निर्माण गरिएको यस चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् भने चलचित्रको निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ भने दिर्घ गुरुङले चलचित्रको छायांकन गरेका छन् ।

चलचित्रका निर्माता दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै शुक्रबारदेखि नै प्रदर्शनमा आएको बलिउड चलचित्र ‘हिच्की’बाट रानी मुखर्जी ठूलो पर्दामा कमब्याक गर्दैछिन् । यो महिला प्रधान चलचित्र हो । चलचित्रमा मुखर्जी शिक्षकको भूमिकामा देखिएकी छिन् ।

यसराज ब्यानरमा बनेको यो चलचित्रको निर्देशन सिद्धार्थ पी मल्होत्राले गरेका छन् भने मनिष शर्मा चलचित्रका निर्माता हुन् ।

तपाईको प्रतिक्रिया