Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – अभिनयको अलवा निर्माणमा समेत क्रियाशील रहँदै आएकी अभिनेत्री हुन् नायिका ऋचा शर्मा । उनै ऋचा निर्मित तथा अभिनित नयाँ चलचित्र ‘सुनकेसरी’को ट्रेलर बिहिबार सार्वजनिक गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘सुनकेसरी’ हरर चलचित्र हो । अर्पण थापा निर्देशित यो चलचित्रमा ऋचाको अलवा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र बनाएकी हुन् । चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी रहेका छन् ।

११ जेठबाट प्रदर्शनमा आउने चलचित्र कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत रहेको छ । सम्पूर्ण छायाँकन अष्ट्रेलियामा भएको यो चलचित्रको बजेट २ करोड बताइएको छ ।

कार्यक्रममा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरीय हरर चलचित्र भएको बताइन् ।

तपाईको प्रतिक्रिया