Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौ- आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को शुक्रबार राती काठमाडौको कुमारीहलमा शिर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ ।
पुर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, विशिष्ठ कलाकार, पत्रकार, चलचित्रकर्मी लगायत ३०० भन्दा बढीको सहभागितमा शुक्रबार साँझ प्रिमियर सो गरिएको थियो ।
चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट फिल्म बनेको भन्दै चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुतिको तारिफ गरेका छन् । २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा सँस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ ।
चलचित्र पञ्चायत हेरेपछि पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भन्नुभयो, ‘चलचित्रले त्यतीबेलाको सामाजिक साँस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ।’ उहाँले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिनुभयो ।
अर्का पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गर्नुभयो । ‘चलचित्रमा समाजको यथार्थ प्रतिबिम्व छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।’ खनालले भन्नुभयो ।
पूर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन, अनन्तले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठुलो कुरा भएको उल्लेख गर्नुभयो ।
पूर्व उर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्मा, प्रभाकरले पुरानो भएपनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हृदयविदारक दृष्य प्रस्तुत गरेको छ धेरै राम्रो छ ।’
नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाज त्यसमाथिपनि ग्रामिण भेगको थुप्रै घटना चलचित्रमा उद्घाटित भएको प्रतिक्रिया दिनुभयो । चलचित्र सशक्त बनेको उल्लेख गर्नुहुँदै भट्टराईले निर्माण समूहलाई बधाई दिनुभयो ।
नेपाली काँग्रेसका नेता तथा पूर्व संचारमन्त्री मिनेन्द्र रिजालले शक्तिशाली विषयबस्तुमा चलचित्र पंचायत बनेको भन्दै तारिफ गर्नुभयो । चलचित्रमा घटेको घटना अब समाजमा नघटुन् भन्ने सन्देश दिन खोजेको आफुले पाएको रिजालको भनाई थियो ।
चलचित्रको ‘प्रिमियर ‘सो’मा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पूर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, काँग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, आकास अधिकारी, सोभित बस्नेत जयकिशन बस्नेत लगायत कलाकार र पत्रकारहरुको सहभागिता थियो ।
गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्मातामा रवि अधिकारी हुनुहुन्छ । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका निता ढुंगानाले शीर्ष नेताहरुबाट तारिफ पाएकाले सहि चलचित्रमा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिए ।

खनाल र ढुंगानासँगै उक्त चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ । पञ्चायतले अमेरिकामा २१७ चलचित्र मध्ये उत्कृष्ट अवार्ड पाईसकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया