Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – कोलाहल, व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय हृदयाघातका रोगी अत्यधिक बढेका छन् । हृदयाघातका कारण मृत्यु हुनेको संख्या पनि निकै ठूलो छ । अझ जाडो मौसममा त हृदयाघातको सम्भावना अत्यधिक हुन्छ । यी कारण हुन्, जसले जाडोमा हृदयाघात गराउँछ :

प्रा.डा. राजेन्द्र कोजू 
मुटुरोग विशेषज्ञ
धुलिखेल अस्पताल

जाडोमै किन हुन्छ ?
जाडो मौसममा मुटुरोगीहरूलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ । किनभने, चिसो मौसमका कारण शरीरका नसा खुम्चन्छन् । यसरी नसा खुम्चिएमा मुटुमा सन्तुलित रूपमा रगत सप्लाई हुँदैन । जसका कारण मुटुमा रगतको कमी हुन जान्छ । यस्तो अवस्थामा मुटुको नसामा गडबडी भयो भने त आकस्मिक मृत्युसमेत हुन सक्छ । खासगरी बिहानको मौसममा बढी हृदयाघात हुने गरेको अध्ययनले देखाउँछ । यसको कारण भनेको बिहानीको समयमा स्नायु प्रणालीलाई सक्रिय बनाउने हर्मोन बढी हुन्छ । यदि व्यवस्थित ढंगले हर्मोन रिलिज हुन नपाएमा हृदयाघात हुने सम्भावना हुन्छ ।

जीवनशैली सुधार्नुस्, बच्नुस्
पछिल्लो दशक युवामा हृदयाघातको समस्या अत्यधिक देखिन थालेको छ । जसको कारणमध्ये शारीरिक निष्क्रियता पनि एक हो । अव्यवस्थित जीवनशैलीका कारण युवामा तनाव बढ्दै जान्छ । कार्यव्यस्तताका कारण पनि कतिपयको जीवनशैली अव्यवस्थित हुन पुग्छ । त्यसैले जति नै व्यस्त भए पनि नियमित रूपमा शारीरिक व्यायामका लागि समय मिलाउन आवश्यक हुन्छ । त्यस्तै, खानामा पनि विशेष ध्यान दिनुपर्छ । नियमित स्वास्थ्य जाँच पनि आवश्यक हुन्छ ।

लक्षण
-सास फेर्न गाह्रो हुने ।
-छातीको बीच भागमा अत्यन्त पीडा हुने ।
-खलखली पसिना आउने ।
-बान्ता हुने ।
-शरीरमा आलस्य बढ्ने ।

तपाईको प्रतिक्रिया