Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडाैं – अनुसन्धानकर्ताहरूका अनुसार बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायत नट्सले हृदयघात र मस्तिष्कघातको जोखिम न्यून पार्छ। उनीहरू यस्ता खानेकुरा सकेसम्म खान सुझाब दिन्छन् ।

हप्तैपिच्छे थोरै-थोरै मात्रामा निकैपल्ट यस्ता सुख्खा फलफूल खानाले हृदयघात र मस्तिष्कघातको जोखिम घट्ने विभिन्न अध्ययनले देखाएका छन् । नट्समाथि हालै गरिएको एउटा अध्ययनले पनि यस्तै निष्कर्ष निकालेको थियो । हार्भर्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताले २ लाख १० हजार व्यक्ति समावेश गरी ३२ वर्ष लगाएर गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

अनुसन्धानकर्ताहरूले यस्ता नट्स (विभिन्न किसिमका बदाम) को उपभोगको मात्राले कार्डियोभास्कुलर डिजिजको जोखिम घटाउने पत्ता लागेको बताएका छन् ।  नियमित रूपमा नट्स खानेहरूलाई कहिल्यै नखाने वा आक्कलझुक्कल खानेको तुलनामा कार्डियोभास्कुलर डिजिज वा कोरोनरी हार्ट डिजिज लाग्ने जोखिम निकै कम हुने पोषणकी रिसर्च फेलो डा मार्टा गुस फेरेले बताइन् । उनका अनुसार नट्स नखानेको तुलनामा सातामा ५ वा बढी पटक नट्स खानेलाई कार्डियोभास्कुलर डिजिजको जोखिम १४ प्रतिशत र कोरोनरी डिजिजको जोखिम २० प्रतिशत न्यून हुन्छ ।

अनुसन्धानकर्ताले हरेकपल्ट २८ ग्राम वा एक औंस नट्स खाँदा कार्डियोभास्कुलर डिजिजको जोखिम ६ प्रतिशत र कोरोनरी डिजिजको जोखिम १३ प्रतिशत न्यून हुने पत्ता लगाएका हुन् । सातामा कम्तिमा पनि ४ देखि ७ पल्टसम्म २८ ग्रामका दरले नट्स खान फेरेले सुझाएकी छिन् । अमेरिकामा बर्सेनि मृत्यु हुनेमध्ये प्रमुख कारण मुटुसम्बन्धी रोग हो। त्यहाँ हुने ४ मृत्युमध्ये १ जनाको मृत्यु मुटुरोगका कारण हुने गरेको छ। त्यहाँ बर्सेनि मुटुरोगबाट ६ लाख १० हजारको मृत्यु हुने गरेको तथ्यांक छ ।

बर्सेनि ७ लाख ३५ हजार अमेरिकीलाई हृदयघात हुन्छ । नट्सलाई धेरै समयअघिदेखि नै स्वस्थकर खानेकुराका रूपमा लिने गरिएको थियो । नट्समा प्रोटिन मात्र नभएर स्वस्थकर फ्याट र मुटुका लागि आवश्यक अन्य पोषक तत्व पनि पाइन्छन् । नट्समा रगतमा कोलेस्टेरोल घटाउने मुटुका लागि स्वस्थ (मोनोस्याचुरेटेड) फ्याट पाइन्छ ।  नट्समा फाइबर र शरीरमा जलन न्यून पार्ने तथा मुटुलाई जोगाउने अन्य पोषक तत्व पनि पाइने युनिभर्सिटी अफ साउथ फ्लोरिडाकी पब्लिक हेल्थ असिस्टेन्ट प्रोफेसर डा लरी राइटले बताइन् । उनका अनुसार थोरै मात्रामा खाइने नट्सले पनि स्वास्थ्यमा फाइदा गर्छ ।

उनले भनिन्, ‘अध्ययनले एक औंस (२८ ग्राम) नट्स (हाडे बदाम, काजु, ओखर र बदाम लगायत) खानु अत्यन्त स्वस्थकर हुन्छ ।’ पहिले सबै चिल्लो पदार्थ (फ्याट) मुटुका लागि हानिकारक हुने धारणामा अहिले परिवर्तन हुन थालेको छ । पछिल्लो समय मुटु स्वस्थ राख्न सबै किसिमका फ्याट नखाने तर मुटुका लागि फाइदाजनक फ्याट मात्र खानुपर्ने धारणा विकसित भएको छ ।

खासगरी बिफ (गाइगोरुको मासु), बफ (राँगाभैंसीको मासु), पोर्क (सुँगुरको मासु), दुग्धजन्य पदार्थ, नौनी र नरिवलमा पाइने स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट मुटुका लागि हानिकारक हुन्छ । तर, माछा, कुखुराको मासु, विभिन्न खालका बदाम (नट्स), ओलिभ ओयल, एभोकाडोमा पाइने मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट भने मुटुका लागि फाइदाजनक छन् । नट्समा पाइने डाएटरी फ्याटले कोष वृद्धिमा सघाउँछ र शरीरलाई ऊर्जा दिन्छ। नट्सले शरीरमा केही पोषक तत्व सोस्न समेत सघाउँछ, जसबाट निश्चित हर्मोन उत्पादन हुन्छ र विभिन्न अंगको सुरक्षा गर्छ ।

हार्भर्डको समूहले गरेको अध्ययनले बदाम, ओखर, पेस्ता, हाडेबदाम, काजु र ह्याजलनटले कार्डियोभास्कुलर र कोरोनरी डिजिजको जोखिम कम गर्ने देखाएको हो । त्यसैगरी बदाम र ओखर खाए मस्तिष्कघातको जोखिम समेत कम हुने पाइएको छ । चकलेटमा हालिएका, नुन मिसाइएका वा भुटिएका नट्स खानुभन्दा सादा नट्सले बढी फाइदा गर्छ । पोषणविदहरू किनभने अरु कुरा र नुन मिसाइएका नट्समा सोडियम (नुन) र सुगर (चिनी)को मात्रा धेरै हुन्छ, जसले मुटुलाई हानि पुर्‍याउँछ । पोषणविदहरू यसको साटो मसला वा जडीबुटीजन्य वनस्पतिका पात, मह वा सुन्तलाजस्ता फलफूलसँग स्वाद लिएर नट्स खान सुझाव दिन्छन् । –एजेन्सी 

तपाईको प्रतिक्रिया