शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौं  – एभरेष्ट प्रिमियर लिग क्रिकेटमा शनिबार पनि दुईवटा खेल हुँदैछन् । बिहान ९ बजेपछि सुरु हुने पहिलो खेलमा विराटनग वारियर्स र भैरहवा ग्लाडिएटर्स खेल्दैछन् ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगर अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ भने शरद भेषावकरको नेतृत्वमा रहेको भैरहवाले पनि खेलेका दुईमध्ये दुवै खेल जितेको छ ।

दिउँसो १ बजेपछि सुरु हुने दोश्रो खेलमा ललितपुर प्याट्रिएट्स र चितवन टाइगर्स खेल्नेछन् । ३ मध्ये २ खेल जितेको ललितपुर अंक तालिकाको चौथो स्थानमा छ भने खेलेका  तीनमध्ये तीनै खेल हारेको चितवन अंक तालिकाको पुछारमा छ ।

तपाईको प्रतिक्रिया