शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

रुस  – रुसका ११ जना खेलाडीमाथि जीवनभर ओलम्पिक गेम्समा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ ।

सन् २०१४ मा सोचीमा भएको विन्टर (शीतकालीन) गेम्समा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेकोमा दोषी पाइएका ११ रुसी खेलाडीमाथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले आजीवन प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध लाग्नेमा रजत पदक विजेता लुगेर्स तात्याना इभानोभा र अलबर्ट डेमचेन्कोसहितका खेलाडी रहेका छन् । आइओसीको विशेष कमिटिले रुसी खेलाडीको डोपिङका बारेमा गरेको लामो अनुसन्धानपछि उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको आइओसीले जनाएको छ ।

आइओसीले यो महिनाको सुरुमा रुसलाई आउँदो वर्ष हुने शीतकालीन ओलम्पिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गएको वर्ष रियो दि जेनेरियोमा भएको ग्रिष्मकालीन ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसले शीतकालीन ओलम्पिक पनि खेल्न नपाउने भएको हो ।

तपाईको प्रतिक्रिया