बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं –  इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् ।

आर्सनलको मैदानमा भएको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । बराबरीपछि ३५ अंकसहित लिभरपुल चौथो स्थानमा यथावत् छ भने ३४ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ ।

प्रिमियर लिग फुटबलमा आज नौ खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ६ बजे हुने खेलमा एभर्टन र चेल्सी भिड्दै छन् ।

त्यसैगरी पौने ९ बजे ब्राइटन र वार्टफोर्ड, म्यानचेस्टर सिटी र वर्नमाउथ, साउथ ह्याम्पटन र हडल्सफिल्ड, स्टोक र वेस्टब्रोम, स्वान्सी सिटी र क्रिस्टल प्यालस भिड्दा वेस्टहाम युनाइटेड र न्यूक्यासल युनाइटेड प्रतिस्पर्धा गर्दै छन् ।

आजै राति सवा ११ बजे बर्न्ले र टोटनह्याम हड्सपर तथा राति साढे १ बजे म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी भिड्दै छन् । आजका खेलपछि प्रिमियर लिग फुटबलको जारी सिजनका आधा खेल सकिनेछन् ।

तपाईको प्रतिक्रिया