शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौं  – श्रीलंकासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृङ्खला भारतले जितेको छ । दोश्रो खेलमा शुक्रबार ८८ रनले विजयी हुँदै भारतले श्रृङ्खला जितेको हो ।

२ सय ६१ रनको लक्ष्य पछ्याएको श्रीलंका १७ ओभर २ बलमा १ सय ७२ रनमा अलआउट भयो । भारतका युजबेन्द्र चहलले ४ र कुलदीप यादवले ३ विकेट लिए । श्रीलंकाका कुशल परेराले ७७ र उपुल थारांगाले ४७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

इन्दोरमा पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो । भारतका लागि रोहित शर्माले १ सय १८ र लोकेश राहुलले ८९ रन बनाएपछि भारतले ठूलो योगफल तयार गरेको थियो ।

२ सय ६१ रनको लक्ष्य ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दोश्रो ठूलो लक्ष्य हो । शर्माले ४३ बलमा १ सय १८ रन बनाउन १२ चौका र १० छक्का प्रहार गरेका थिए । ३५ बलमा शतक पूरा गर्दै रोहितले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कम बलमा शतक बनाउने दक्षिण अफ्रिकाका डेभिड मिलरको कीर्तिमानसँग बराबरी गरेका छन् ।

तपाईको प्रतिक्रिया