बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं – एभरेष्ट प्रिमियर लिग क्रिकेटमा काठमाडौं किंग्स इलाभेनले पोखरा राइनोजलाई ९९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर ९८ रन बनाएको हो । पोखराका विक्रम सोबले बलिङतर्फ घातक ओपनिङ गरेपछि पहिलो ओभरमै २ विकेट गुमाएको काठमाडौंलाई मध्यम योगफलसम्म पुर्‍याउन सागर पुनले सर्वाधिक ३६ रन बनाए ।

यस्तै राजु रिजालले १७ र सोमपाल कामीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । पोखराका विक्रम सोब, सुसन भारी र शक्ति गौचनले २÷२ विकेट लिए । ३ मध्ये एक खेल मात्र जितेको काठमाडौ पुछारबाट दोश्रो स्थानमा छ भने २ मध्ये एक खेल जितेको पोखरा अंकतालिकाको तेश्रो स्थानमा छ ।

यस्तै शुक्रबार दिउँसो पौने १ बजे हुने खेलमा चितवन टाइगर्स र विराटनगर वारियर्स खेल्नेछन् । २ मध्ये दुवै खेल जितेपनि विराटनगर रन औषतका आधारमा दोश्रो स्थानमा छ भने २ मध्ये कुनै पनि खेल जित्न नसकेको चितवन अंकतालिकाको पुछारमा छ ।

तपाईको प्रतिक्रिया