शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

पाँचथर  – फाल्गुनन्द गोल्डकप फुटबलको नवौं संस्करण आज सुरु हुँदैछ । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा पाँचथर सदरमुकाम फिदिममा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आज सुनसरी ११ र डिभाइन ब्वाइज क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल फिदिम माविको खेल मैदानमा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ ।  पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हिमालयन शेर्पा क्लब, डिभाइन ब्वाइज युनियन काठमाडौं, एएफपी, बिर्ता युनाइटेड क्लब झापा, आयोजक फिदिम स्पोर्टिङ क्लब, मोरङ ११, सुनसरी ११ र भारत सिक्किमको टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि बिजेताले ३ तथा उपबिजेता टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया