Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सुदूरपश्चिमको अत्तरिया राजस्व अनुसन्धान कार्यालयका दुई जना कर्मचारी घुस सहित रंगेहात पक्राउ परेका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको एक टोलीले राजस्व अनुसन्धान कार्यालयका नायब सुब्बा नरेन्द्र कुमार भण्डारी र कार्यालय सहयोगी टिकाराम जोशीलाई रंगहाते पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख विष्णूसिह विष्टले अख्तियारले विषेश सूचनाका आधारमा नासु भण्डारी र कास जोशीलाई नगद ४५हजार सहित पक्राउ गरेको बताउनुभयो । कार्यालय प्रमुख विष्टका अनुसार, नासु भण्डारीले सेवाग्राहीबाट घुस लिदालिदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।

सेवाग्राहीबाट नासु भण्डारी र कार्यालय सहयोग जोशीले घुुस लिदा अख्तियारको टोलीले पक्राउ गरि कार्यालय ल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा राजस्व कार्यालय अत्तरियाका कर्मचारीले सेवाग्राहीबाट अनाहकमा घुस लिएर मात्रै काम गर्ने गरेको गुनासो समेत परेको कार्यालय प्रमुख विष्टले बताउनुभयो ।

दुवै कर्मचारीबाट बयान लिएर अख्तियारले आजदेखि नै कार्बाही प्रकृया अघि बढाउने अख्तियार कञ्चनपुरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया