Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – विमानस्थल बाहिर समातिएको ३३ किलो सुनका मूख्य अरोपी राजनप्रसाद पन्थलाई नेपाल ल्याउन प्रहरी सफल भएको छ । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाले दुबई प्रहरीसँग समन्वय गरेर पन्थलाई नेपाल झिकाउन सफल भएको हो ।

पन्थले दुबईमा बसेर सुनको कारोबार गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दावी छ। आज दुबई हुँदै काठमाडौं विमानस्थलमा ओर्लिएका पन्थलाई प्रहरीले नियन्त्रणमा लिई अदालतमा हाजिर गराउने तयारी गरेको छ । अदालतले पन्थ लगायतलाई अदालतमा आफैं उपस्थित हुन पूर्जी जारिगरेको थियो ।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो ५७७.४० ग्राम सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पिंगलास्थानबाट पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्दा हाल पक्राउ परेका १२ जना र फरार २१ जनाको संलग्नता खुलेको हो ।

तपाईको प्रतिक्रिया