मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं  – संसदीय सुनुवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ ।

बिहान बसेको बैठकले पराजुलीलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो ।

न्यायपरिषदले उहाँलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि समितिले आइतबार सुनुवाई गरेको हो ।

सुनुवाईका लागि उहाँविरुद्ध उजुरी गर्न समितिले दिएको समयभित्र कुनैपनि उजुरी नपरेको समितिले जनाएको छ ।

समितिले नियुक्तिका लागि सिफारिस गरेपछि अब उहाँलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया