बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – सप्तरीमा हालै आएको बाढीले नेपालको सबै भन्दा पुरानो चन्द्रनहरको बाँध भत्किएका कारण एक करोड १५ लाख मूल्य बराबरको नोक्सान भएको छ । सप्तरीको मोहुली खोला र सुनदरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्ई भत्काइ नहरलाई क्षति पुर्याएको बताइएको छ ।

सुनदरी खोला र महुली खोलाको बिचमा बडहरा गाउँमा रहेको चन्द्रनहरको मुख्य नहर, साइफन तथा मेन होलमा बालुवा पसेर क्षति पुगेको र तोडफोडसमेत गरेको कोसीपम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख प्रसुन मिश्रले बताउनुभयो । डिभिजन प्रमुख मिश्रले उक्त क्षतिको स्टिमेट र क्षतिको बारे विवरण तयार भइसकेको समेत बताउनुभयो ।

लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई सो कार्यालयले विगत दुई बर्ष देखि पुनः निर्माण एवम सुधार गरेको थियो ।  जस्को कारण सप्तरीको सिँचाईमा सुबिधा पुगेको स्थानीय बासिन्दाको भनाई छ ।

तपाईको प्रतिक्रिया