Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा पछिल्लो पटक ३४ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेले अग्रता लिएको छ ।

एमालेले एक नगरपालिकासहित १५ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित १२ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले ६ स्थानीय तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितको खाता खोलेको छ ।

अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ । एमाले र कांग्रेसको समान ११४–११४ तहमा अग्रता छ भने माओवादी केन्द्रको ३६ ठाउँमा अगाडि देखिएका छन् ।

कुन पार्टीले कहाँ कहाँ जिते ?

एमाले

१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. बित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११. लेकम गाउँपालिका, दार्चुला
१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१३. दुर्गाथली गाउँपालिका, बझाङ
१४. ताप्ली गाउँपालिका, उदयपुर
१५. खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा

कांग्रेस

१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सिलिचोङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. अालिताल गाउँपालिका, डडेल्धुरा
९. भागेश्वर गाउँपालिका, डडेल्धुरा
१०. गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११. केअार्इसिंह गाउँपालिका, डोटी

१२. हिमाली गाउँपालिका, बाजुरा

माओवादी

१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४. बंगलाचुली गाउँपालिका, दाङ
५. भूमे गाउँपालिका, रूकुम

६. सिस्ने गाउँपालिका, रुकुम

राष्ट्रिय जनमोर्चा
१. मल्लरानी गाँउपालिका, प्यूठान

तपाईको प्रतिक्रिया