Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – रुकुमका ३ वटै गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । रुकुमको भूमे, सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा माओवादी उम्मेदवार विजयी भएका हुन् ।

भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। भूमे गाउँपालिकामा माओवादी केन्द्रका रामसुर बुढा ३४ सय ८२ मत ल्याएर विजयी हुनुभएको हो । उपाध्यक्षमा पनि माओवादीकै मनकुमारी बुढाले ३४ सय ९४ मत लिएर विजयी हुनुभएको छ । सिस्ने गाउँपालिकामा माओवादीका कुमारी बरालले ३२९६ मतसहित अध्यक्ष पद जित्नुभएको छ । भने उपाध्यक्षमा गोवद्धन बुढा ३२२३ मतका साथ विजयी भएका छन् ।

यस्तै रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् । पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ओम प्रसाद घर्ती २ हजार ५ सय ५१ मतसहित विजयी हुनुभयो ।  उपाध्यक्षमा माओवादी केन्द्रकै ओमकुमारी घर्ती २ हजार ६ सय ३१ मतसहित विजयी हुनुभएको छ । १४ वटा वडा रहेको पुथा उत्तरगंगामा १० वटा वडामा माओवादीले जितेको छ भने २ वटा एमाले र २ वटा कांग्रेसले जितेका छन् ।

रुकुमका ९ वटा स्थानिय तहमध्ये पहिलो चरणमा चुनाव भएका ६ वटै तहमा माओावादीले जितेको थियो । दोस्रो चरणमा चुनाव भएका ३ वटा तहमा पनि माओवादीले नै जितेपछि रुकुममा माओवादीले क्लीनस्विप गरेको हो ।

तपाईको प्रतिक्रिया