Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत अहिलेसम्म १५ स्थानको मतपरिणाम प्राप्त भएको छ । पछिल्लो मतपरिणाम अनुसनर एमाले ८, कांग्रेस ६ र माओवादी केन्द्र १ स्थानमा विजयी भएको छ ।

मतगणना जारी रहेका तहमा एमाले ११८, कांग्रेस ११४ र माओवादी केन्द्र ४४ ठाउँमा अगाडि देखिएका छन् ।

कुन पार्टीले कहाँकहाँ जिते ?
एमाले
१‍. रामप्रसाद राई गाउँपालिका, भोजपुर
२. जन्तेढुंगा गाउँपालिका, खोटाङ
३. पाण्डवगुफा गाउपालिका, बाजुरा
४. मस्टा गाउँपालिका, बझाङ
५. पञ्चेश्वर गाउँपालिका, बैतडी
६. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
७. गौमुल गाउपालिका, बाजुरा
८.अमरगढी नगरपालिका डढेलधुरा

काग्रेस
१. काँडा गाउँपालिका, बझाङ
२. छेडेदह गाउँपालिका, बाजुरा
३. वित्थड चिर गाउँपालिका, बझाङ
४. बडीमालिका नगरपालिका, बाजुरा
५. महाकाली नगरपालिका, दार्चुला
६ दरबार गाउँपालिका, गुल्मी

माओवादी
१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु

तपाईको प्रतिक्रिया