Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लाको चुनावी परिणामले धक्का दिएको छ । देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ ।

अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी हुनु भएको छ भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी हुनु भएको हो । एमाले उम्मेदवार विश्वेवर प्रसाद ओझाले काङ्ग्रेस उम्मेदवार डिल्लीराज जोशीलार्इ १२८ मत अन्तरले हराउनु भएको छ । ओझाले ३ हजार ७६८ मत पाउनु भयो भने जोशीले ३ हजार ६४० मत पाउनु भएको छ ।

अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाइरहेको छ ।

तपाईको प्रतिक्रिया