Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

ओखलढुंगा – ओखलढुंगाका दुई गाउँपालिकामा मत गणना स्थगित भएको छ ।

मानेभञ्ज्यांग गाउँपालिकाको वडा नं.२ मा एमालेले जितेको घोषणा गरेपछि मतपत्र भेटिएको भन्दै विवाद भएको छ भने लिखु गाउँपालिका वडा नं. ९ मा एउटा मतपत्रमा मतदान अधिकृतको सहि नभएको भेटिएपछि विवाद भएको छ ।

लिखुमा माओवादी केन्द्रले विवाद झिकेपछि विहान ६ बजेदेखि मत गणना स्थगित भएको छ । यस्तै मानेभञ्ज्यांग गाउँपालिका वडा नं. २ मा विजयी घोषणा गरेपछि मत पत्र भेटिएको भन्दै कांग्रेस, माओवादी लगायतका दलहरुले विवाद गरेका छन् ।

विवाद मिलाउन छलफलको प्रयास भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया