Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – दोस्रो चरणको चुनावको नतिजा धमाधम आउन थालेको छ । अहिलेसम्म सात वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा कांग्रेसले चार, एमाले दुई तथा  माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएका छन् ।

प्रमुख पदमा विजयी

नेपाली कांग्रेस

  1. बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी (अध्यक्ष)
  2. बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत (अध्यक्ष)
  3. संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा (अध्यक्ष)
  4. संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई (अध्यक्ष)

नेकपा एमाले

  1. बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
  2. बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही

माओवादी केन्द्र

  1. सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

उपप्रमुख पदमा विजयी

कांग्रेस

  1. बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा (उपाध्यक्ष)
  2. बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद (उपाध्यक्ष)
  3. संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई (उपाध्यक्ष)
  4. संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ (उपाध्यक्ष)

एमाले

  1. बझाङको मस्टा गाउँपालिका उपाध्यक्ष–भगवती बोहरा
  2. बाजुराको पाण्डवगुफा गाउँपालिका, उपाध्यक्ष–ऐना गिरी

माओवादी केन्द्र

  1. सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष–प्रमिला बस्नेत

 

तपाईको प्रतिक्रिया