Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । दशरथचन्द नगरपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका भुवन भट्ट ५४४ मत ल्याएर प्यानलसहित विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मदनसिंह भाटले ३४२ मत ल्याउनुुभयो । सदस्यमा पुट्की लुहार, दलित महिला सदस्यमा जानकी भुल, खुला सदस्यमा चक्र बहादुर चन्द र नवराज भट्ट विजयी हुनुभएको छ ।

वडा नम्बर २ मा एमाले उम्मेदवार ६ मतले पराजित

यस्तै दशरथचन्द नगरपालिकाको वडा नं २ मा कांग्रेसकै रन बहादुर बोहरा ५२३ मत ल्याएर विजयी हुनुभएको छ  । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका सूर्य बोहराले ५१७ मत ल्याएपनि ६ मतले पराजित हुनुभयो ।

वडा नं २ का सदस्यहरुमा पनि नेपाली कांग्रेसकै जयन्ती बोहरा, गितादेवी लावड, करनसिंह थलाल र रमेश बहादुर बोहरा विजयी हुनुभएको छ ।  यस्तै दशरथचन्द नगरपालिकाको वडा नं ३ मा पनि नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

वडा अध्यक्षमा नेपाली कांग्रेसका दामबहादुर क्षेत्री ३०७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अजब बहादुर पाण्डेले २१२ मत ल्याउनुभयो ।

सदस्यहरुमा नेपाली कांग्रेसका हरु ओड, मानमती पुजारा, मानसिंह नाथ र सुदर्शन बोहरा विजयी हुनुभएको छ ।

मेयरमा राप्रपाको अग्रता 

दशरथचन्द नगरपालिकाको मेयरमा भने राप्रपाका पुष्करराज जोशी लख्खाभाईको अग्रता कायमै छ ।

उहाँले १ हजार ४१० मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका मेयरका उम्मेद्वार नरेन्द्रसिंह थापाले १ हजार ४८ मत ल्याउनुभएको छ । एमालेका देवदत्त भट्टले ६०४, माओवादी केन्द्रका खीमानन्द भट्टले २५१ मत ल्याउनुभएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका मीना चन्दले १ हजार ८३ , एमालेका सरस्वती नेपालीले ७९९, राप्रपाका अम्बिका भण्डारीले ८३४ र माओवादीका कमला कार्कीले ३९२ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया