Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बाजुरा – बाजुराको पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालीबहादुर शाही र उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी विजयी हुनु भएको छ ।

अध्यक्षमा विजयी हुनु भएका शाहीले १४५१ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुन्दर विष्टले ९८९ मत ल्याउनुभयो । उपाध्यक्षमा विजयी ऐनाले १४९० मत ल्याउनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तारा रोकायाले ९८७ मत ल्याउनुभयो । गाउँपालिकाको अन्य सदस्यमा भने कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार पनि विजयी भएका छन् । एमालेले अहिलेसम्म दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित हाँसिल गरेको छ ।

तपाईको प्रतिक्रिया