Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बझाङ – दोस्रो चरणको चुनावमा एमालेले बझाङमा मष्टाबाट विजयी सुरुवात गरेको छ । केहीबेर अघि सकिएको मतगणनाको परिणाम अनुसार एमालेका तर्फवाट अध्यक्षका उम्मेदवार कर्णवहादुर कठायतले २१ सय २४ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्दी कांग्रेसका यमबहादुर बोहोराले १९ सय ५१ मत गर्नुभएको छ । उपाध्यक्षमा पनि एमालेकै भगवती बोहोरा विजयी हुनुहुभएको छ । उहाँले २१ सय ६४ मत पाउनुभएको छ भने उहाँकी प्रतिद्वन्दी कांग्रेसकी एबी सेटले १८ सय ६५ मत पाउनुभएको छ ।

सात वटा वडा रहेको मष्टामा ५ वटा एमालेले जितेको छ भने कांग्रेस माओवादीले एक÷एक वटा जितेका छन् ।

तपाईको प्रतिक्रिया