Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का सबैजसो स्थानमा व्यवस्थित, शान्तिपूर्ण तथा व्यापक समर्थनका साथ भएको मतदानका लागि सबैले गरेको प्रयासको सराहना गरेको छ ।

काठमाडौस्थित अमेरिकी दुताबासले आज विज्ञप्ति जारी गर्दै असोजमा सम्पन्न हुने तेस्रो चरणको निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सरोकारवालामा आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ प्रदेश नं. २ का नागरिकहरूलाई पनि आफ्ना स्थानीय प्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा लोकतान्त्रिक अधिकार अभ्यास गर्ने यस्तै अवसर प्राप्त हुन सकोस् ।’

निर्वाचनको तेस्रो चरणमा निर्बाध रूपमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिनका लागि सरकारलाई अमेरिकाले पुन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालमा निकट भविष्यमा सम्पन्न हुने प्रादेशिक तथा केन्द्रीय निर्वाचनहरु पनि समयमै सम्पन्न भएको हेर्न चाहन्छौं जस्ले नेपालको चुनावी प्रकृयाको विश्वसनीयता बढाउनुका साथै लोकतान्त्रिक परिवर्तनलाई थप बलियो बनाउनेछ ।’

दलहरूलाई अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता तथा नेपालको कानुन र संविधानमा व्यवस्था गरिए बमोजिमको मतदाताको अधिकारलाई सम्मान गर्न अमेरिकाले आग्रह गरेको छ ।

त्यस्तै शान्तिपूर्ण, समावेसी, व्यापक समर्थन प्राप्त तथा विश्वसनीय निर्वाचन प्रकृयालाई सदैव प्रोत्साहन गरीरहने प्रतिवद्धता पनि अमेरिकाले विज्ञप्तिमा जनाएको छ ।

 

तपाईको प्रतिक्रिया