Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – संसदको अर्थ समितिले कर फर्छ्यौट ऐन संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबार बसेको अर्थ समितिको बैठकले कर फर्छ्यौट ऐन २०३३ मार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचारउन्मुख देखिएको भन्दै समितिले संशोधन गर्न निर्देशन दिएको हो ।

अर्थ समितिको बैठकमा अधिकांश सांसदले कर फछ्र्यौट आयोगलाई दिएको अधिकारका विषयमा प्रश्न उठाउँदै यसमा संसोधन गर्नुपर्ने भनेपछि समितिले संसोधनका लागि सरकरालाई  निर्देशन दिने निर्णय गरेको हो ।

कर फर्छ्यौट आयोगले गरेका निर्णयमा अदालतमा प्रश्न उठाउन नपाइने जस्ता अधिकार दिइएकाले यसमा संशोधन आवश्यक रहेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताउनुभयो ।

कर फर्छ्यौट ऐन समसामयिक बनाउन आवश्यक संसोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको र ऐन संशोधन नभएसम्म अर्काे कर फर्छ्यौट आयोग पनि गठन गर्न नदिने निर्णय गरिएको ज्वालाले जानकारी दिनुभयो ।

त्यस्तै समितिले अर्थ मन्त्रालयका कर्मचारीलाई बेला बेलामा सरुवा गर्न समेत निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया