Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – काठमाडौंको म्हैपीमा ३२ लाख रुपैयाँ लुटिएको छ । म्हैपीमा रहेको एनएमबी बैंकबाट ३२ लाख रुपैयाँ झिकेर फर्किन लाग्दा नरेन्द्र कुमार विश्कर्मा र रोशन बोगटीको ३२ लाख रुपैयाँ लुटिएको हो ।

बैंकबाट पैसा निकालेर जाँदै गरेका विश्कर्मा र बोगटीको साथबाट ३२ लाख रुपैया बाइकमा आएका दुई जनाले लुटेको महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी छविलाल जोशीले जानकारी दिनुभयो । उहाका अनुसार लुटेराको पहिचान भइसकेको छ ।

लुटेराहरु बा ८२ प ४५२५ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएको भन्दै एसएसपी जोशीले मान्छे पनि पहिचान भइसकेको उनीहरु चाँडै पक्राउ पर्ने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया