Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल विद्युत प्राधिकरणलाई एलइडी बल्ब खरिद गर्न पाउने बाटो खुलेको छ । सार्वजनिक खरिद ऐनका विरुद्ध विद्युत प्राधिकरणले सोझै बल्ब किन्न लागेको भन्दै सो निर्णयलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश दिन नमिल्ने बताएपछि विद्युत प्राधिकरणलाई बल्ब खरिदको बाटो खुलेको हो । अधिवक्ता नारायण चौलागाईं र लेखनाथ भट्टराईले सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका गर्नु भएको थियो । तर आज न्यायाधीशद्वय दीपकराज जोशी र मिरा खड्काको संयुक्त इजालसले एलइडी बल्व खरिद प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन नपर्ने आदेश गरेको छ ।

अब यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म एलइडी बल्ब खरिदको प्रक्रियामा कुनै अवरोध हुने छैन । विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको योजना अनुसार नेपाल सरकारले सोझै भारत सरकारसँग एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया