Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

इलाम – नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ । राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो ।

एक वर्षमा अध्ययन पूरा गर्ने लक्ष्यका साथ तथ्याङ्क विभागले फिक्कलस्थित चिया उद्यमी, चिया किसान, चिया सहकारी र प्राविधिकसँग छलफल गरेको छ । आगामी पुस महिनासम्ममा सर्भेक्षण सम्पन्न गरिने तथ्याङ्क विभागका निर्देशक बद्रीबहादुर कार्कीले बताउनुभयो । नेपाली चियाको परिचय, त्यसले ओगटेको जग्गा, उत्पादन, क्षेत्रफल, ऋण तथा अनुदानको विवरण सङ्कलन गरिने छ ।

रासायनिक मल तथा विषादी प्रयोगको असर, रोजगारको अवस्था, बजारको अवस्था, बिक्री मूल्य, र आयात निर्यातसम्बन्धी अध्ययन गरिने उहाँले बताउनुभयो । चियाखेतीसम्बन्धी सरकारी क्षेत्रबाट अध्ययन नहुँदा राष्ट्रिय योजना आयोगले योजना निर्माण तथा कार्यान्वयन गर्न समस्या भएकाले उक्त सर्भेक्षण थालिएको तथ्याङ्क विभागका अधिकृत गणेशप्रसाद फुयालले बताउनुभयो । तत्कालीन इलामका वडाहाकिम गजराजसिंह थापाले इलाम बगानमा विसं १९२० मा चियाको बिरुवा रोप्नुभएको थियो ।

अहिले जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका साथै अन्य जिल्लामा समेत चियाको व्यावसायिक खेती गरिँदै आएको छ । अहिले चियाखेतीमा साना ठूला गरी ३० हजार किसान संलग्न छन् ।

तपाईको प्रतिक्रिया