Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपालका विभिन्न स्थानमा ओसारपसारको जोखिममा परेका बालबालिकाका शिक्षामा सहयोग गर्ने उद्देश्यले तीन विदेशीले सगरमाथा आरोहण गर्नुभएको छ ।आयरल्यान्डका ४० वर्षीय रोरी म्याक्यु, अमेरिकाका २५ वर्षीय जोनाथन गुड्री र अस्ट्रेलियाका ३५ वर्षीय ब्लाक पेन्सनले यही जेठ १२ गते आरोहण गर्नुभएको छ ।

‘चाइल्ड रेस्क्यु नेपाल’ नामक सामाजिक संस्थाद्वारा सगरमाथाको आरोहणका लागि आवश्यक समन्वय र सहयोग गरिँदै आएको थियो । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा टोली प्रमुख म्याक्युले सगरमाथा आरोहणका क्रममा अन्तर्राष्ट्रिय तहबाट करिब रु ४१ लाख सङ्कलन भइसकेको र अझै सहयोग आउने क्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले अब एक महिनाभित्र करिब ७५ लाख सङ्कलन गरिने र ‘चाइल्ड रेस्क्यु नेपाल’ लाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

‘चाइल्ड रेस्क्यु नेपाल’ का देशीय निर्देशक जमुना श्रेष्ठ भट्टराईले करिब डेढ दशकदेखि बालबालिकाको अधिकार संरक्षण तथा उनीहरुको जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील आफ्नो संस्थाले ललितपुर तथा मकवानपुरमा बालगृह सञ्चालन गरी २८ जनालाई संरक्षण दिँदै आएको बताउनुभयो

तपाईको प्रतिक्रिया