Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – स्वास्थ्य मन्त्रालयको योजना अनुरुप आजदेखि देशका विभिन्न १३ जिल्लाका सरकारी अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले देशभरका सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय अनुसार आजदेखि १३ जिल्ला अस्पतालहरुमा यो सेवा सुरु भएको हो ।

स्वास्थ्य मन्त्रालयले विशेषज्ञ तथा आकस्मिक शल्यक्रिया सेवा उपलब्ध नभएका ३० जिल्ला अस्पतालहरुमा यो सेवा सञ्चालन गर्ने योजना अनुसार पहिलो चरणमा १३ जिल्ला अस्पातलहरुमा सेवा सञ्चालन गर्न लागेको हो । बाँकी जिल्ला अस्पतालहरुमा केही हप्तापछि सुरु गरिने स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो ।

आजदेखि आकस्मिक शल्यक्रिया सेवा सुरु भएका जिल्ला अस्पतालहरुमा सर्लाही, धादिङ्ग, रोल्पा, गोरखा, नवलपरासी, अर्घाखाची, उदयपुर, धनकुटा, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङ्गको तुल्सीपुर, नुवाकोटको त्रिशुली र बाग्लुङ्गको वुर्तिवाङ्ग रहेका छन् ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रतिष्ठानहरु तथा मेडिकल कलेजहरुसँगको सहकार्यमा यो सेवा सुरु गर्ने गरी केहीदिन अघि मन्त्रीस्तरीय निर्णय गरेका थिए । मन्त्रालयको निर्णय अनुसार अबदेखि ती अस्पतालहरुमा विशेषज्ञ चिकित्सक र आवासीय एमडी वा एम एस वा डिएमसीएच चिकित्सकहरुलाई खटाइने मन्त्रालयको चिकित्सा मन्त्रालयको चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया पनि निशुल्क

बाथ मुटुरोगीको भल्व र शल्यक्रिया निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको घोषणा आजदेखि लागु हुन लागेको छ । शहीद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सवका अवसरमा गत माघ १५ गते स्वास्थ्य मन्त्री गगनकुमार थापाले गर्नु भएको घोषणा आजदेखि लागु हुन लागेको हो ।
नेपालमा मुटु रोगको समस्या बढ्दै गएको बाथ मुटुरोगको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गरिएको उहाँले बताउनु भएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आजदेखि यो सेवा निःशुल्क पाईनेगरी तयारी पुरा भईसकेको मन्त्रालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया