Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख निकासा गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्य÷स्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु छ करोड ८७ लाख औषधि खरिदका लागि निकासा गरेको हो ।

भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख रकम निकासा भएको तथा स्वास्थ्य संस्थामा अविलम्ब औषधि पु¥याउन निर्देशन दिएको सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएका छन् । सुदूरपश्चिममा औषधि खरिदका लागि सबैभन्दा बढी क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा रु ७० लाख निकासा भएको छ ।

डडेल्धुराको जोगबुढा अस्पताल अस्पताल र कैलालीको मालाखेती अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई सामान रु १० लाख र पाँच लाख गरी रु १५÷१५ लाख निकासा गरिएको छ ।

पहिलो चरणमा रु ६० लाख र दोस्रो चरणमा रु १० लाख गरी रु ७० लाख निकासा भएको हो । यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीमा रु ५५ लाख र १२ लाख गरी रु ६७ लाख, बैतडीमा रु ५० लाख र रु १० लाख गरी रु ६० लाख औषधि खरिदका लागि निकासा भएको छ ।

त्यस्तै, कञ्चनपुरमा रु ४५ लाख र रु १२ लाख गरी रु ५७ लाख, अछाममा रु ४५ लाख र रु ११ लाख गरी रु ५६ लाख, डोटीमा रु ४५ लाख र रु नौ लाख गरी रु ५४ लाख, बझाङमा ४३ लाख र ९ लाख गरी ५२ लाख तथा डडेल्धुरामा रु ३५ लाख र रु १० लाख गरी रु ४५ लाख निकासा भएको छ ।

बाजुरा र दार्चुलामा सामान रु ४० लाख र रु आठ लाख गरी रु ४८÷४८ लाख निकासा भएको जनाइएको छ । मन्त्रालयले विभिन्न अस्पतालमा समेत औषधि खरिदका लागि सिधै रकम पठाएको डडेल्धुरा स्वास्थ्य कार्यालयका प्रमुख वृषबहादुर शाहीले जानकारी गराउनुभयो ।

विसं २०६६ मा निःशुल्क औषधि वितरण गर्ने घोषणा गरेको सरकारले २०७१ भदौ १३ गते जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्यचौकीमा ३५ प्रकारका औषधि निःशुल्क हुने घोषणा गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया