बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौं – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले शुक्रबार राष्ट्रपतिको शपथ लिँदै हुनुहुन्छ । अमेरिकाको राजधानी वाशिंटन डिसीमा नेपाली सयम अनुसार राति पौने ११ बजे शपथ ग्रहण समारोह सुरु हुनेछ ।

शपथ ग्रहण समारोहमा लाखौं मानिस पुग्ने बताईएको छ । हरेक चार वर्षमा हुने राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले संयुक्त राज्य अमेरिकाका मुख्य न्यायाधीशबाट पद तथा गोपनियताको शपथ लिनु हुन्छ । राष्ट्रपतिको शपथ अमेरिकी समय अनुसार जनवरी २० को दिउँसो १२ बजे हुनेछ । शपथ ग्रहणको मिति र समय पनि अमेरिकी संविधानमा निर्धारित छ । सन् १९९३ अघि शपथको मिति मार्च चार थियो । अमेरिकामा शपथ ग्रहण समारोह सत्ता हस्तान्तरणको भाग हो । शपथ ग्रहण समारोहपछि पेसिल्वेनिया एवेन्युमा एक परेड हुनेछ । यसपछि अरु कार्यक्रमहरु हुनेछन् । 

शपथ ग्रहण समारोह अघि ट्रम्प ह्वाइट हाउस नजिक रहेको सेन्ट जोन एपिस्कोपल चर्च जानु हुनेछ । त्यसपछि प्रथम महिला मिशेल ओबामाले ट्रम्प र उहाँकी श्रीमती मेलानियालाई ह्वाइट हाउसमा कफि मिटिङ हुनेछ । त्यसपछि ट्रम्प शपथ ग्रहण समारोहका लागि जानु हुनेछ । अमेरिकी समय अनुसार २० जनवरीको बिहान साढे ९ बजे सांगीतिक कार्यक्रमसहित शपथ ग्रहण समारोह सुरु हुनेछ । स्थानीय समय अनुसार बिहान साढे ११ बजे कार्यक्रम औपचारिक रुपमा उद्घाटन हुनेछ । सर्वोच्च अदालतका मुख्य न्यायाधीशले माइक पेन्सीलाई उपराष्ट्रपति पदको शपथ गराउनु हुनेछ ।

अमेरिकी समयअनुसार दिउँसो ठिक १२ बजे ट्रम्पले राष्ट्रपति पदको शपथ लिनुहुनेछ । त्यसपछि उहाँले उद्घाटन भाषण गर्नुहुनेछ । इतिहासलाई हेर्दा यो बेला दिइएका धेरै अमेरिकी राष्ट्रपतिका भाषण लामो समयसम्म सम्झिने गरिएको छ । दिउँसो तीनदेखि बेलुका पाँच बजेसम्म ट्रम्प र पेन्सी २.४ किलोमिटरको परेडमा सहभागी हुनेछन् । यस्तै बेलुका साढे सात बजेदेखि राति ११ बजेसम्म ट्रम्प र पेन्सी आफ्ना श्रीमतीसहित तीन वटा उद्घाटन समारोहमा भाग लिने छन् ।

समारोहमा राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिशेल ओबामा सहभागी हुनुहुनेछ । ट्रम्पसँग चुनावमा पराजित हुनुभएकी हिलारी क्लिन्टन पूर्व अमेरिकी राष्ट्रपति तथा श्रीमान बिल क्लिन्टनसँगै समारोहमा जाने सम्भावना छ ।

तपाईको प्रतिक्रिया