आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – नयाँ बर्ष २०१७ नजिकिंदै गर्दा जापानको नेपाली समुदायमा चहलपहल सुरु भईसकेको छ । यसैबीच नयाँ वर्षको उपलक्ष्यमा जापानको नागोयाबासी नेपालीहरुको सामाजिक संस्था नेपाली समाज नागोयाको आयोजनामा ’न्यू एअर म्युजिकल नाईट’ हुने भएको छ ।

आईटी बिज्ञ डा. महाबीर पुनको अभियानलाई सघाउने उद्देश्यले जनवरी १ मा आयोजित उक्त कार्यक्रमका लागि चर्चित कलाकारहरु सुगम पोखरेल, नबिन के भट्टराई र नायिका नम्रता सापकोटा नेपालबाट आउने भएका छन् भने उनीहरुलाई स्थानीय कलाकारहरु गायक श्याम शितल, कर्मदोङ तामाङ, राजिव लामा, रामशरण राज, मनोज केसी, छबि लामा, समिक्षा थापा, मिरा दर्लामी मगर लगायतले साथ दिने भएका छन् ।

क्युएस मनि ट्रान्सफरको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रमको अन्य प्रायोजकहरुमा पोखरा रेष्टुरेन्ट, सामिका सुपर मार्केट, करुणा इन्टरप्राइजेज, शुभकामना रेष्टुरेन्ट, सनलाइट रेष्टुरेन्ट, बिजी बी कम्पनी र एभरेष्ट कर्पोरेशन मेनपावर रहेका छन् ।

कार्यक्रमको सहआयोजकहरुमा नेपाली समाज तोयोकावा र नागोया ब्रदर्स रहेका छन् भने सहयोगी संघसंथाहरुमा एनआरएन नागोया, गल्कोट समाज जापान, धादिङ समाज नागोया, सगरमाथा महिला समुह, चितवन समाज जापान, मगर समाज जापान, शेर्पा समाज जापान, आदिबासी जनजाती महासंघ जापान, स्याङ्जा समाज, राई समाज जापान जापान, तामाङ समाज जापान र मोना जापान रहेको छ । साथै मिडिया पार्टनरहरुमा टोकियो नेपाल डट कम र सेतो परेवा डट कम रहेका छन् ।

उक्त दिनको अपरान्ह २ बजे देखि राति १० बजे सम्म चल्ने उक्त कार्यक्रम नागोया साकायको आप्पा होटलमा हुने बताईएको छ । कार्यक्रमको प्रवेश शुल्क सर्बसाधारणका लागि ३ हजार येन रहेको छ भने बिद्यार्थीहरुका लागि बिशेष छुटको व्यवस्था गरिएको कार्यक्रम संयोजक दिपक केसीले समुद्रपारिलाई जानकारी दिएका छन । ***

तपाईको प्रतिक्रिया