आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – हाल जापान भ्रमणमा रहेका रिपोर्टर्स क्लवका अध्यक्ष पत्रकार ऋषि धमलासंग आइतवार टोकियोमा खुल्ला अन्तर्क्रिया हुने भएको छ ।

पत्रकार धमलासंग नेपालको समसामयिक राजनैतिक बिषयमा खुल्ला अन्तर्क्रिया गर्न लागिएको आयोजक ‘टक शो जापान’ का सन्तोष चोखालले बताएका छन् । धमला निजी भ्रमणको सिलासिलामा जापान आएका हुन् ।
कार्यक्रममा उपस्थित भई दिन जापानवासी नेपाली समुदायमा अपिल गरिएको छ ।

टोकियो शिनओकुबोस्थित सोलमारी रेष्टुरेन्टको सभाकक्षमा आइतवार बिहान ११ बजेबाट हुने उक्त कार्यक्रमलाई नेपाल जापान विद्यार्थी समाज, हामीले नगरे कसले गर्ने अभियान जापान र इन्टिमेट फ्रेण्ड्स ग्रुप जापानले बिशेष सहयोग गर्ने भएका छन् । ***  

तपाईको प्रतिक्रिया