आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – सुदूरपश्चिमेली नेपाली समाज जापानले भोलि डिसेम्बर २५ तारिख आफ्नो बार्षिक साधारण सभा गर्ने भएको छ ।

साधारण सभामा सहभागिताका लागि समाजले सबैमा अपिल पनि गरेको छ । साधारण सभामा जापानमा रहेका सुदूरपश्चिमेलीको उल्लेख्य सहभागिता रहने जानकारी समाजका अध्यक्ष पूर्ण चलाउनेले दिए ।

भोलिको साधारण सभाले समाजको आगामी कार्य योजना तय गर्ने र हालसम्मका समाजका गतिबिधिका बारेमा समिक्षा गरिने पनि अध्यक्षले बताए ।

जापानमा रहेका सबै सुदूरपश्चिमेलीहरुलाई भोलिको साधारण सभामा सहभागी भइदिन पनि समाजले बिशेष अपिल गरेको छ ।

साधारण सभा टोकियो निशी निप्पोरी स्थित मितेरी किचेन रेष्टुरेन्टको हलमा अपरान्ह ठिक एक बजे देखि शुरू हुने बताईएको छ । *** 

तपाईको प्रतिक्रिया