आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो-निगाता प्रान्तको इतोइगावा सिटीको सिगाइचीमा भीषण अागलागी भएको छ । जापान प्रहरीका अनुसार अाज विहान १० बजेतिर एक पसलबाट अागलागी शुरू भएकोमा अहिले १४० बढी घरहरू जलेर नष्ट भएको हुन सक्ने बताइएको छ ।

उक्त क्षेत्रबाट ३ सय ६३ बढी घरहरूमा बस्ने ७ सय ४४ बढी नागरिकहरूलार्इ सुरक्षित क्षेत्रमा जान भनिएको छ । अागलागी अझै नियन्त्रण गर्न सकिएको छैन । उक्त क्षेत्रमा अागलागीकै कारण विद्धुत सेवा समेत बन्द भएको छ । अागो नियन्त्रण तथा उद्दारमा जापानको सुरक्षा वल खटिएको समाचार जापानी संचार माध्यमहरूले प्रकाशित छन् ।***

तपाईको प्रतिक्रिया