आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – सिटी एक्सप्रेस मनि ट्रान्सपर जापानले सेन्दाइमा पनि आफ्नो सेवा बिस्तार गर्ने भएको छ  ।

जापान बाट नेपाल सहित बिभिन्न देशहरुमा पैसा पठाउने सजिलो माध्यम बनेको सिटी एक्सप्रेसले सेन्दाइमा रहेका बिदेशी नागरिकहरुलाई मध्यनजर गर्दै सेवा बिस्तार गर्न लागेको हो ।

सेन्दाइ सी मियागिनिकु टेप्पो माची निशीबाट डिसेम्बर २४ तारिख देखी सेवा सुरु हुनेछ । यो संगै बिभिन्न सेवाहरु प्रदान गर्ने गरी स्थापना भएको शिखर बजारको समेत सोही दिन समुदघाटन हुने बताइएको छ ।

एकैठाउँबाट बाट रेमिट्यान्स, हलाल फुड, खाजा घर, टिकेटिङ जस्ता सेवाहरु प्रदान हुने गरी सँचालनमा आएको शिखर बजार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफर सेन्डाइको एक बजे हुने उदघाटन समारोह मा उपस्थित हुन आग्रह समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया