आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – अंग्रेजी नयाँ वर्षको अवसर पारेर मगर संघ जापानले ‘लाङघाली साँझ’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
जापानमा रहेका नेपालीहरुबीच शुभकामना आदानप्रदान गर्ने र भाइचारा वृद्धि गर्ने र प्रवासी भूमीमा रहेर मगर जातिको भाषा, कला, भेष, भुषा र सँस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ जनवरी १ तारिखका दिन विविध सँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको संघका अध्यक्ष श्रि दिपक बुर्जा मगरले जानकारी दिनु भयो । संघले हरेक बर्ष नयाँ वर्षको अवसर पारेर ‘लाङघाली साँझ’ कार्यक्रमको आयोजना गर्ने गरेको छ । यो २१ औं शृंखला हो । यस वर्षको कार्यक्रम शिन्जुकुको खाबुशी च्यो स्थित यूनिवर्शल हलमा हुने जनाइएको छ ।
नेपालका ख्याती प्राप्त कलाकारहरुलाई जापानमा बोलाई सब्य र भब्यका रुपमा हरेक वर्ष झैं यस वर्ष पनि कार्यक्रम गरिने संघका वरिष्ट संस्थापकसमेत रहनु भएका कार्यक्रम संयोजक श्रि गम जुग्जाली मगरले बताउनु भयो । कार्यक्रममा उपस्थित भइ भरपुर आनन्द लिई हर्षोल्लासका साथ नयाँ वर्ष मनाउन जापानमा रहेका सम्पूर्ण संघ,संस्थाका बिशिष्ट व्यक्ति लगाएत जापानवासी नेपाली दाजुभाइ, दिदीबहिनीमा संघले हार्दिक निम्न्त्रणा गरेको छ ।

तपाईको प्रतिक्रिया