आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष तथा नेकपा एमाले क्षेत्रिय कमिटि सदस्य दुर्गा तिवारीको गोली हानी भएको हत्याको प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटि जापानले घोर भत्र्सना गरेको छ ।
कमिटिले आज एक विज्ञप्ति जारी गर्दै हत्यारालाई अविलम्ब कानुनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न माग गरेको छ । प्रदेश नम्बर ५ टुक्राउने बर्तमान सरकारको राष्ट्रघाती कदमको बिरुद्ध आन्दोलनको अगुवा गरेका योद्धाको हत्या हुनुलाई सामान्य रुपमा लिन नसकिने विज्ञप्तिमा जनाइएको छ । मन्चका महासचिव सुरेश केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘यो आम स्वाभिमानी नेपाली जनता बिरुद्धको आक्रमण हो । एउटा योद्धालाई ढाल्दैमा स्वाभिमानी आन्दोलन ढल्दैन । राष्ट्रियताको सन्दर्भमा स्वत स्फुर्त रूपमा आन्दोलनको मोर्चामा उभिएका जनसमुदायहरूका लागि अझ दरिलो गरी मुठ्ठीहरु कसिनेछन् ।’ विज्ञप्तिमा मृतक तिवारी प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना समेत प्रकट गरिएको छ ।

तपाईको प्रतिक्रिया