आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – दुई राष्ट्रवादी पार्टीबीच भएको एकतालाई स्वागत र समर्थन गर्दै टोकियोमा एक वृहत एकता भेलाको आयोजना गर्ने भएको छ ।
राप्रपाको भ्रातृ संगठनको रुपमा जापानमा सकृय रहेको प्रवासी नेपाली संगठन (ओनो)ले आगामी डिसेम्बर २५ तारिखका दिन एकता भेलाको आयोजना गरि स्वागत गर्न लागेको हो । भेलाको दिन ओनोका संस्थापक, पूर्व अध्यक्ष, पदाधिकारी र सम्पूर्ण सदस्यहरुलाई आमन्त्रण गरि सम्मान समेत गरिने अध्यक्ष चन्द्र उपाध्यायले बताउनु भयो । उहाँले सोही दिन ओनो जापानका नयाँ पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिने, पार्टी र ओनो जापानको भावी कार्यनीति सार्वजनिक गर्ने तथा अन्य योजना र विषयहरुमा छलफल समेत गरिने बताउनु भयो । भेलाले राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई एकता दिवसको रुपमा जापानमा पनि मनाउने निर्णय गरि तयारी अगाडी बढाउने पनि बताइएको छ । आनो सन् २००४ मा विदेश विभाग अन्तर्गत स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया