आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – नजिकै आईरहेको अंग्रेजी नयाँ वर्ष २०१७ को उपलक्ष्यमा अर्घाखाँची समाज जापानले भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी अर्घाखंचेली गायिका जमुना सनमको सम्मान गर्ने भएको छ ।

एक साँगीतिक कार्यक्रमको सिलसिलामा हाल जापानमै रहनुभएकी लोकप्रिय गायिका सनमलाई जापानमा सम्मान गर्न लागिएको समाजका अध्यक्ष ज्योतिष घर्ति मगरले समुद्रपारिलाई बताउनुभयो ।

हरेक वर्षझैं यस वर्ष पनि अर्घाखाँची समाजले नयाँ वर्षमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

सो समाजले जापानमा रहेका अर्घाखाँची जिल्लाबासीहरुलाई उक्त कार्यक्रममा उत्साहजनक सहभागिताका लागि अपिल गरेको छ ।

कार्यक्रम जनवरी दुई तारिख सोमबार अपरान्ह २ बजेदेखि शिन-ओकुबोस्थित टोकियो रोधी क्लवको सभाकक्षमा हुने बताईएको छ । ***

तपाईको प्रतिक्रिया